आजको तीन दिन सम्म म्युजियम घुम्न पैसा नलाग्ने
अबको तीन दिन सम्पुर्ण संग्रहालय र प्रदर्शनी केन्द्र निशुल्क घुम्न पाइने भएको छ ।
अन्तर्राष्ट्रिय संग्रहालय दिवसको अवसरमा आज मे १८ देखि २० सम्म संग्रहालय र प्रदर्शनी केन्द्र घुम्न पैसा नलाग्ने कतार म्युजियमले बताएको छ ।
नेशनल म्युजियम अफ कतार, म्युजियम अफ इस्लामिक आर्टस, ३-२-१ कतार ओलम्पिक एन्ड स्पोर्ट्स म्युजियम कतारको घुम्नै पर्ने म्युजियमहरु मध्यमा पर्दछ । कतारमा हाल २१ वटा भन्दा बढी म्युजियम देख्न पाइन्छ ।
अरु समयमा म्युजियम घुम्न ५० देखि सय रियालसम्मको शुल्क लाग्ने गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
12
मनपर्यो
22
खुसी लाग्यो
2
दुःख लाग्यो
0
रुन मन लाग्यो
131
हाँसो लाग्यो
0
रीस उठ्यो