रविलाई भैरहवा पुर्‍याइयो, विमानस्थलबाहिर रास्वपा समर्थकको प्रदर्शन

काठमाडौं,कात्तिक २७-

सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा पुर्याइएको छ । केहीबेर अघि मात्र रवि सवार जहाज भैरहवामा ल्यान्ड भएको रास्वपा कोषाध्यक्ष दीपक बोहोराले जानकारी दिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई बुद्ध एयरको जहाजमार्फत रूपन्देही लगिएको हो । रविलाई त्यहाँबाट सरकारी वकिल कार्यालयमा लगेर बयान लिने तयारी छ । विमानस्थल बाहिर रास्वपा समर्थकले प्रदर्शन गरिरहेका छन् । अन्य स्थानमा पनि पक्राउको विरोध गरिरहेका छन् ।

यता, सहकारी पीडितले पनि प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button