बाँकेमा फेरि थपियो ६ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो

आइतबार दिउँसो पर्सा जिल्लामा एक जना र बाँकेमा दिउँसो ९ जना संक्रमण देखिएको थियो भने बाँकेको नेपालगञ्जमा फेरी अपरान्ह पख थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित देखिएकाहरुमा नेपालगञ्ज–८ निवासी १६, २१ र ३४ वर्षीय पुरुष र सोही स्थानका ४०, ५५ र ६० वर्षीया महिला रहेका छन् ।
यो संगै आज मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल संक्रमितको संख्या ७५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो