६६ पेजको राहदानीलाई पनि ५ हजार पर्ने

असार ३ गतेबाट लागू हुने गरी ६६ पेजको राहदानी ५ हजार रुपैयाँमा पाइने भएको छ।
मन्त्रिपरिषद् बैठकले गरेको पछिल्लो निर्णय अनुसार अब ३४ र ६६ पेज दुबैको रकम समान रहने भएको हो ।
यस्तै सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो। त्यस्तै ६६ पेजको लागि १० हजार रुपैयाँ लाग्ने गर्दथ्यो ।
विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरु र विदेशस्थित सबै नेपाली नियोगहरुलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिइन्।