जुन २८ तारिक इदको पहिलो दिन हुने

जुन २८ तारिक बुधबार इदको पहिलो दिन पर्ने भएको छ ।
धु अल हिज्जा चन्द्रमा आज बिहान ७:३८ मा देखिएको कतार क्यालेन्डर हाउसले बताएको छ । यो चन्द्रमा देखिएको दसौं दिनलाई इद अल अधाको पहिलो दिन मानिन्छ ।
यसै बिच एजुकेसन सिटी रंगशालामा २८ तारिक सर्वसाधारणको लागि इदको प्राथर्ना आयोजना गरिनेछ । कतार फाउन्डेसनले जारी गरेको जानकारी अनुसार बिहान ५ बजे प्राथर्ना सुरु हुनेछ । त्यस्तै बिहान ९ बजे सम्म रंगशालामा विभिन्न कार्यक्रम रहनेछ । गएको इदमा पनि रंगशालामा भब्य प्राथर्ना आयोजना भएको थियो।