बिज्ञापन

भागेका २२ घरेलु महिला कामदार पक्राउ

कतारको आन्तरिक मन्त्रालय अन्तर्गतको खोज तथा अनुगमन विभागले २२ जना महिला घरेलु कामदारलाई पक्राउ गरेको छ ।

विभागले ती पक्राउ परेका कामदार एसियन मुलका भनेपनी उनिहरुको राष्ट्रियता खुलाएको छैन ।

कामदार भागेको उजुरी आउन थालेपछि विभागले देशको विभिन्न स्थानमा निरीक्षण अभियान चलाएको थियो । यस्तो अभियानले रोजगारदाताबाट भागेर अन्यत्र काम गर्दा घरेलु कामदारलाई हुनसक्ने जोखिम तथा सामाजिक अपराध र रोजगारदाताको आर्थिक नोक्सान न्यूनीकरण हुने विभागले बताएको छ ।

पक्राउ परेका ती कामदारलाई आवश्यक कानूनी प्रक्रियाका लागि थुनामा राखिएको विभागले बताएको छ ।

भागेका कामदारलाई आश्रय दिनु वा काममा लगाउनु कतारमा यसैपनि अवैध मानिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
14
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
5
हाँसो लाग्यो
रीस उठ्यो
9
रीस उठ्यो
बिज्ञापन
Back to top button