बिज्ञापन

एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट विजयी

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अध्यक्षमा रमेश भट्ट निर्बाचित भएका छन् ।  प्रतिद्वन्द्वी पदम गिरीलाई ८ सय ४३ मतले पराजित पार्दै आगामी कार्यकाल (२०२३–२०२५) का लागि भट्ट अध्यक्षमा निर्वाचित भएका हुन् ।

भट्टले ३ हजार २ सय २८ मत ल्याउँदा गिरीले भने २ हजार ३ सय ८५ मत पाएका थिए ।  त्यसैगरी एनआरएनए कतारको आईसिसि सदस्यमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग शाह, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की निर्वाचति भएका छन् ।

प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्वितीय उपाध्यक्षमा केशव राज कार्की, तृतीय उपाध्यक्षमा सन्दिप कुमार भट्टराई, महासचिवमा रविन मगर, सचिवमा ओम बहादुर क्षत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी विजयी भएको निर्वाचन संयोजक क्रान्ति सिंहले जानकारी दिए ।

महा सचिबमा रबिन मगर, सचिबमा ओम बहादुर क्षत्री (सन्तोष),रोशन अर्याल र सुरज शर्मा निर्बाचित भएका छन भने कोषाध्यक्षमा बुद्ध बहादुर पाण्डे, सह कोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती सँयोजक कबिन्द्र कँडेल र लेखा समिती सदस्यमा बिकास लामा र गिरीराज दुवाडी निर्बाचित भएका छन् ।

युवा उपाध्यक्ष सुबास बहादुर थापा, महिला सँयोजक शुष्मा खतिवडा कटुवाल तथा युवा सँयोजकमा महेन्द्र सिह तमाङ भने पहिले नै निर्बिरोध विजयी भएका थिए ।

सदस्यहरुमा इनुस मेमिन, इसिलाल पण्डित, झबिन्द्र प्रसाद बेलबासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बि.क., टँक बहादुर बि.क., परमानन्द भट्ट, प्रेम बहादुर बस्नेत, बिनोद राना मगर, बिष्णु सापकोटा, मो.आजाद मँसुर, मो.कौसर रम्बानी, रमेश केसी, राजेन्द्र काफ्ले, सन्तोष कुँबर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक तथा श्याम प्रसाद पौडेल निर्बाचित भएका छन् ।

८ हजार ९ सय ५१ जना पञ्जीकृत सदस्यता रहेको एनसीसी कतारमा कुल ६२.८० प्रतिशत अर्थात ५ हजार ६ सय २१ जनाले अन्लाईन मार्फत मतदान गरेका थिए ।

यसैबिच गैर आवासिय नेपाली सँघ कतारको १० औं महाधिबेशन आज  शनिबार होलि डे इन दोहामा बिहान ११ बजेदेखी शुरु हुने नि बर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिएका छन् ।  उक्त अधिबेशनमा निर्बाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत बितरण गरिने निर्बाचन संयोजक क्रान्ती सिँहले बताए ।

निर्वाचितहरुको नाम

आईसिसि सदस्य – श्रीकृष्ण भट्टराई
आईसिसि सदस्य – तेज कटुवाल
आइसिसी सदस्य – दिपजंग शाह
आइसिसी सदस्य – दुर्गा प्याकुरेल
आइसिसी सदस्य – प्रेम बहादुर चलाउने
आइसिसी सदस्य – बिक्रम कार्की

अध्यक्ष – रमेश भट्ट
प्रथम उपाध्यक्ष – कृष्ण पन्थी
दितिय उपाध्यक्ष – केशब कार्की
तृतीय उपाध्यक्ष – सन्दिप भट्टराई
महिला उपाध्यक्ष – नानू घले ब्लोन
युवा उपाध्यक्ष – सुबास बहादुर थापा
महासचिव – रबिन मगर
सचिव – सुरज शर्मा अधिकारी
सचिव – ओम बहादुर क्षेत्री ‘सन्तोष’
सचिव – रोशन अर्याल
कोषाध्यक्ष – बुद्ध पाण्डेय
सह-कोषाध्यक्ष – झबिन्द्र आचार्य
लेखा समिती संयोजक – कबिन्द्र कडेल
लेखा समिती सदस्य – गिरिराज दुवाडी
लेखा समिती सदस्य – बिकास लामा

सदस्य – बिष्णु सापकोटा
सदस्य – बिनोद राना मगर
सदस्य – इनुस मोमिन
सदस्य – इसिलाल पन्डित
सदस्य – झबिन्द्र प्रसाद बेल्बासे
सदस्य – तिलक बहादुर बस्नेत
सदस्य – दुर्गा बहादुर बिक
सदस्य – टंक बहादुर बिक
सदस्य – परमानन्द भट्ट
सदस्य – प्रेम कुमार बस्नेत
सदस्य – मो.अजाद मंसुर
सदस्य – मो. कौसर रब्बानी
सदस्य – रमेश केसि
सदस्य – राजेन्द्र काफ्ले
सदस्य – सन्तोष कुँवर
सदस्य – सन्तोष पौडेल
सदस्य – सुमन कुमार लो
सदस्य – सुदिप पाठक
सदस्य – श्याम प्रसाद पौड्याल

Ramesh Bhatta has been elected as the president of the Non-Resident Nepali Association (NRNA) National Coordination Council Qatar.  Bhatta was elected president for the upcoming term (2023-2025) by defeating his rival Padam Giri by 843 votes.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
92
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button