बिज्ञापन

नेपालको स्थानीय तहको संख्या ७६६ पुग्यो, विराटनगर र वीरगन्ज अब महानगरपालिका

नेपाल सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउने र तराईका १२ जिल्लामा २२ स्थानीय तह थप्ने निर्णय गरेको छ । नेपाल सरकारको पछिल्लो निर्णयसँगै मुलुकमा महानगरपालिकाको संख्या ६ पुगेको छ । देशभर स्थानीय तहको संख्या पनि बढेर सात सय ६६ भएको छ । यसअघि काठमाडौं, ललितपुर, भरतपुर, पोखरा–लेखनाथ महानगरपालिका थिए ।

बेल्वा गाउँपालिकालाई गाभेर वीरगञ्जलाई महानगर बनाउने निर्णय भएको हो । यस्तै, विराटनगरमा बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकी सिनवारी गाविस) तथा जदाह गाउँपालिकाको एक वडालाई गाभेर महानगरपालिका बनाइएको छ ।

कहाँ कति थपियो ?

सर्लाही – ३
नवलपरासी – ३
रुपन्देही – ३
कपिलवस्तु – ३
सुनसरी – २
पर्सा – २ (पर्साको एउटा स्थानीय तह वीरगञ्ज महानगरमा गाभिएकाले एक मात्र बढ्ने)
रौतहट – २
बारा – १
सप्तरी – १
धनुषा – १
बाँके – १
कैलाली – १

 

कहाँ गाउँपालिका बने नगरपालिका

सरकारले रौतहटका ११ सहित २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरेको छ ।  महोत्तरीका तीन, बाँके, रुपन्देही र झापाका दुई–दुई गाउँपालिकालाई नगरपालिका बनाइएको छ । सिरहा, धनुषा, बारा र कैलालीका एक–एक गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button