बिज्ञापन

मोटोजीपी कतार ग्राण्ड प्रिक्सको टिकट बिक्री सुरु

लुसेल इन्टरनेसनल सर्किट (एलआईसी) ले कतारको मोटोजीपी ग्रान्ड प्रिक्सका लागि प्रारम्भिक टिकट बिक्री सुरु गरेको छ। लुसेल इन्टरनेसनल सर्किटले सन् २०२३ को नोभेम्बर १७ देखि १९ सम्म चल्ने उक्त रेस आयोजना गर्ने भएको हो ।

‘मोटोजीपी कतार एयरवेज ग्रान्ड प्रिक्स अफ कतार’ मोटोजीपी क्यालेन्डरको एक मात्र दौड हो जुन रातमा आयोजित हुनेछ ।  प्रारम्भिक चरणका टिकटहरू लिदा २० % को विशेष छुट पाइने कतार मोटर र मोटरसाइकल महासंघ र लुसेल इन्टरनेशनल सर्किटका अध्यक्ष अब्दुलरहमान बिन अब्दुललातिफ अल मन्नाइले बताएका छन् ।

प्रारम्भिक टिकट बिक्रीका बारे थप जानकारीको लागि, र उत्कृष्ट सिटहरू सुरक्षित गर्न, टिकट बुक गर्न आधिकारिक वेबसाइट   https://tickets.lcsc.qa/  मार्फत हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
8
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button