विश्वकप अघि कतारले १० लाख रुख रोप्ने

कतारले विश्वकप अघि १० लाख रुख रोप्ने घोषणा गरेको छ ।

साउदी अरेबियामा आयोजना भएको मध्यपूर्व हरियाली अभियानको समर्थनमा कतारले पहिलो कार्बन न्युट्रल फिफा विश्वकप अघि १० लाख र सन् २०३० अघि एक करोड रुख रोप्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा बोल्दै कतारी उर्जा मन्त्री साद बिन शेरिदा अल काबीले देशभर सो संख्यामा रुख रोप्ने बताएका छन् । कार्यक्रमको निमन्त्रणाका लागि मन्त्री अल काबीले साउदी अरेबियाका राजकुमार सलमानलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

रियादमा भएको कार्यक्रममा अमिर शेख तमिम बिन हमाद अल थानी र अन्य कतारी अधिकारीहरु हिजो त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button