अरब कप : कतारको आज अग्निपरिक्षा

कतारमा जारी फिफा अरब कपमा आज सेमिफाइनलका दुबै खेल हुँदैछ ।

स्टेडियम ९७४ मा बेलुका ६ बजे हुने पहिलो खेलमा टुंनिसियाले इजिप्टको सामना गर्नेछ । टुंनिसियाले ओमान र इजिप्टले जोर्डनलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

अल थुमामा रंगशालामा राती १० बजे हुने अर्को खेलमा आयोजक कतारले अल्जेरिया संग फाइनलका लागि भिड्दैछ । कतारले युएई र अल्जेरियाले मोरोक्कोलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

हेड टु हेड

सन् २०१५ यता कतार र अल्जेरिया बिच पछिल्लो भेटघाट भएको छैन । त्यतिबेला दोहामा भएको मैत्रीपूर्ण खेलमा कतार १-० ले विजयी भएको थियो ।

अल्जेरियाका प्राय खेलाडी कतार सुपर लिगमै व्यवसायिक खेल खेल्ने हुँदा पनि दुई देशको खेलाडी एकअर्काबिच राम्रो संग परिचित छन् ।

कतार एसियन र अल्जेरिया अफ्रिकन च्याम्पियन राष्ट्र हो ।

फिफा वरियताको आधारमा अल्जेरिया ३२ र कतार ५१ औं स्थानमा छ । अल्जेरियाले २०१० र २०१४ सहित चार वटा विश्वकप खेलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
34
खुसी लाग्यो
दुःख लाग्यो
9
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
9
रीस उठ्यो
Back to top button