राहदानी आवेदनको लागि स्लट खुल्यो

राहदानीको आवेदनको लागि प्रि इनरोलमेन्ट फाराम भर्न आगामी सेप्टेम्बर २४ देखि अक्टोबर १२ सम्म एपोइन्टमेन्ट मिति खुला रहेको दूतावासले जानकारी दिएको छ ।
प्रि इनरोलमेन्ट फाराम भरिसकेपछि दूतावासमा लाइभ इनरोलमेन्ट का लागि आउँदा फाराममा तोकिएको मितिमा मात्र आउन दूतावासले अनुरोध गरेको छ। फाराममा तोकिएको बाहेक अन्य मितिमा दूतावासले आवेदन लिनेछैन। हाल तोकिएको मितिभन्दा पछाडिका दिनहरूमा क्रमश एपोइन्टमेन्ट मिति खुला गर्दै लगिने सूचनामा उल्लेख गरिएको छ ।
सोमबारदेखि बुधबारसम्म अपरान्ह ३:३० बजे थप एपोइन्टमेन्ट मिति खुला गरिने दूतावासले भनेको छ ।