बिज्ञापन

‘दोहा एक्स्पो २०२३’ बारे थाहा पाउनुपर्ने कुराहरु

कतारले आज देखि ‘दोहा एक्स्पो २०२३’ को आयोजना गर्दैछ । अमिर शेख तमिम बिन हमाद अल थानीले विभिन्न देशका प्रतिनिधिहरुका साथ एक्स्पो उद्घाटन गर्ने तय गरिएको छ। अक्टोबर ३ देखि एक्स्पो अवलोकनका गर्न सर्वसाधारणको लागि खुला गरिनेछ । त्यस्तै केही विशेष शो बाहेक एक्स्पो अवलोकन गर्न कुनै टिकट शुल्क लाग्दैन ।

विश्वकप पछिको कतारको सबैभन्दा ठुलो कार्यक्रम मानिएको यस एक्स्पो अक्टोबर २ देखि अर्को वर्षको मार्च २८ सम्म कर्नेशस्थित अल बिद्दा पार्कमा संचालन हुनेछ ।

एवान अन्तर्राष्ट्रिय हर्टिकल्चरल(वागवानी) अर्थात आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपुर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलोपटक कतारले आयोजना गर्दैछ । नेपालसहित जम्मा ८८ राष्ट्रको सहभागिता रहने कार्यक्रम अवधिभर विश्वभरबाट तीस लाख पर्यटक कतार आउने अनुमान गरिएको छ ।

“हरियो मरुभूमि, राम्रो वातावरण” भन्ने नारा अन्तर्गत कार्यक्रमले नयाँ आविष्कारलाई प्रवर्द्धन गरी आधुनिक कृषि, प्रविधि वातावरणीय चेतना तथा दिगोपन जस्ता महत्वपूर्ण विषयहरूमा व्यक्ति तथा संस्थाहरूलाई सहभागी गराएर मरुभूमिकरणसँग लड्न विकल्प खोज्नेछ ।

आन्तरिक तथा बाह्रय पर्यटकका लागि विश्वकप जस्तै हाया कार्डको सुविधा कार्यक्रम अवधिभर हुने भनिएको छ ।

एक्स्पो बाट के आशा गर्न सकिन्छ ?

एक्स्पोले वार्ता,छलफल र अनुभव लगायत विभिन्न सांस्कृतिक गतिविधि, खानाको अनुभव मार्फत मरुभूमिलाई हरियालीतर्फ अगाडि बढाउने उपाय खोज्नेछ ।

कार्यक्रम उद्घाटन र समापन समारोहको साथसाथै कतार राष्ट्रिय दिवसमा पनि विभिन्न कार्यक्रम गरि यो वर्ष एक्स्पोमा नै मनाइनेछ।

१० लाख ७० हजार वर्गमिटर क्षेत्रफलमा आयोजना हुने एक्स्पो अन्तर्गत विभिन्न विधामा कार्यक्रमस्थलहरु छुट्टयाइएको छ । एक्स्पोको मुख्य भवनले हिजो मात्रै ‘विश्वकै ठुलो हरियो भवन’ को उपाधि गिनिज बुकमा लेखाइसकेको छ ।

यस्ता छन् कार्यक्रम स्थलहरु :

कङ्रेश सेन्टर

कङ्रेश सेन्टर नेटवर्किङ, विचार आदानप्रदान र नयाँ साझेदारीलाई प्रोत्साहित गर्न प्रतिबद्ध ठाउँ हुनेछ । यसले सम्मेलन, सेमिनार, बैठक र अन्य प्रकारका कार्यक्रमहरूको लागि मानिसहरूलाई एकसाथ ल्याउनेछ। यो भवन सिट र आवश्यक अडियो भिजुअल उपकरण सहित सुसज्जित हुनेछ।

प्रदर्शनी केन्द्र

प्रदर्शनी केन्द्रले जम्मा ७,५०० वर्ग मिटरको क्षेत्र समेट्नेछ। यहाँ विभिन्न देशका प्रदर्शकहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन् ।

पारिवारिक एम्फिथियटर

एक्स्पोलाई परिवारमैत्री बनाउन दुई हजार सिट संख्या भएको एम्फिथिटर निर्माण गरिएको छ । त्यहाँ बालबालिका तथा परिवारका लागि शैक्षिक कार्यक्रमहरुको आयोजना गरिनेछ ।

इनडोर डाेम

यहाँ छाप्रो भित्र हुने विशेष तापमान,प्रकाश र अन्य आवश्यक प्रक्रिया गरि फल्ने बोटबिरुवा,फुल, तरकारी र फलफुल प्रदर्शनीमा राखिनेछ ।

सांस्कृतिक बजार

विभिन्न देशका अन्तर्राष्ट्रिय हस्तशिल्प र कारीगरी उत्पादनको अन्वेषण गर्न आगन्तुकहरूको लागि सांस्कृतिक बजार एक विशेष अनुभव हुनेछ ।

किसान बजार

किसान बजारमा कृषक र उत्पादकहरूको उत्पादन प्रदर्शनमा हुनेछ । विभिन्न देशका कृषि उत्पादनहरू बिक्रीका लागि पनि यहाँ उपलब्ध हुनेछ ।

फुड स्टल

एक्स्पोले जानकारीमूलक र शैक्षिक अनुभव प्रदान गर्ने प्रतिवद्धता मात्र नभई विभिन्न किसिमका खाना र पेय पदार्थहरूको पाउने किओस्कहरूको छुट्टै स्टल राख्नेछ ।

प्रायोजक स्थल

एक्सपोको विषयवस्तु प्रस्तुत गर्न प्रायोजकहरूक अ लागि यो विशेष ठाउँ हुनेछ।

वातावरण सेन्टर

वातावरणीय विज्ञान, नवीकरणीय ऊर्जा र अन्य विषयहरू बारे थप जानकारी लिन एक्स्पोको यस वातावरण केन्द्र र जैविक विविधताको संग्रहालय भ्रमण गर्न सकिनेछ ।

ग्रान्डस्ट्यान्ड एरिना

ग्रान्डस्ट्यान्ड एरिना एक मनोरञ्जनका लागि स्थान हुनेछ । यहाँ विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय र क्षेत्रीय कलाकारले आफ्नो प्रस्तुति दिनेछन् । एरिना ५ हजार दर्शक क्षमताको रहनेछ ।

कार्यक्रम समय

एक्स्पो सन्चालन हुने : २ अक्टोबर 2023 देखि २८ मार्च २०२४ सम्म
स्थान: अल बिद्दा पार्क
टिकट मूल्य: विशेष शो बाहेक सबै आगन्तुकहरूको लागि नि:शुल्क प्रवेश ।

आइतबार-बिहीबार:
अन्तर्राष्ट्रिय क्षेत्र: बिहान १० देखि बेलुका ८ बजे सम्म
सांस्कृतिक र पारिवारिक क्षेत्र: बिहान १० देखि बेलुका १० बजे सम्म

शुक्रबार:
अन्तर्राष्ट्रिय क्षेत्र: दिउँसो १ देखि बेलुका ८ बजे सम्म
सांस्कृतिक र पारिवारिक क्षेत्र: दिउँसो १ देखि बेलुका ११ बजे सम्म ।

शनिबार:
अन्तर्राष्ट्रिय क्षेत्र: बिहान १० देखि बेलुका ८ बजे सम्म ।
सांस्कृतिक र पारिवारिक क्षेत्र: बिहान १० देखि बेलुका ११ बजे सम्म ।

सम्पर्क केन्द्र: १८४
इमेल: info@dohaexpo2023.gov.qa
इन्स्टाग्राम: @expo2023doha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
30
मनपर्‍यो
खुसी लाग्यो
15
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
10
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button