अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

सिड्नी, असोज १०-
दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी दिए ।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको ‘छक्कापञ्जा ५’ मा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।