नयाँ श्रम कानुनबारे जान्नै पर्ने केही कुराहरु

कतारमा श्रमिकहरुका लागी नँया कानुन लागु
[soon name=”qatarnepal”][/soon]
भएको छ।
कतारमा आजदेखि आप्रवासि कामदारका लागि नयाँ नियम कार्यान्वयनमा ल्याएको छ । कतार सरकारले कफाला प्रणाली संसोधन गर्दै मंगलबारदेखि नयाँ नियम कार्यान्वयनमा ल्याएको हो । यस विषयमा विभिन्न खालका तर्क विर्तक चलिरहँदा केही विशेषज्ञहरुले यसलाई राम्रो संज्ञा दिँदै आएका छन् भने केहीले खासै परिवर्तन नभएको दाबी गरेका छन् । तर जे -जस्ता परिवर्तनहरु हुने भएपनि यसले श्रमिकको हक अधिकार र स्वतन्त्रता लाई भने सुरक्षित राख्दछ ।
नँया कानुनले खाडी मुलुकका नागरिक बाहेक सबैलाई समावेश गर्नेछ । अझ यसले कतारको ‘श्रमिक कानुन’ भित्र नपर्ने घरेलु कर्मचारीहरुलाई समेत समावेश गर्नेछ । बाँकीको यहाँ छुट्टै आप्रवाश तथा रोजगारको कानुन रहेको छ ।
कतारमा श्रमिकहरु जुन काम तथा तलबमा भनेर आएका हुन्छन् यहाँ भित्रिसकेपछि अर्कै काम र कम तलबमा काम गर्नु पर्ने बाध्यता रहेको छ । यस समस्यालाई कतार सरकारले समाधान गर्नका लागी धेरै कसरत गरिरहेको थियो । तसर्थ अब नँया कानुन भित्र श्रमिकहरु आफैले आफ्नो कामको बारेमा करार पत्र आफ्नै देशमा हेर्न पाउने छन । र कतार सरकारले स्विकिृत गरेको कामलाई मात्र भिषा दिनेछ ।
श्रमिकले पहिला कतार बस्दा कुनै अपराध नगरी स्वदेश फर्केको खण्डमा भोली पल्ट नै कतार आउन पाउनेछ । पहिला को जस्तो २ बर्ष कुर्नु पर्दैन ।
कतारमा काम गुमाएमा करार पत्र सकेमा वा कम्पनी टुटेमा नँया काम खोज्नका लागी तीन महिना समय दिईनेछ । तीन महिना भित्रमा पनि नँया काम नपाएको खण्डमा भने श्रमिकले कतार छोड्न पर्ने हुन्छ ।
कतार मा प्राय जसो दुई प्रकारको काम करार अबधी रहेको छ Fixed -term contract (दुई बर्षे ) र Open -ended contract (५ बर्ष) को काम करार अवधि । पहिला तपाईंले कती बर्ष काम करार पत्रमा हस्ताक्षर गर्नु भएको छ त्यो जान्न जरुरी छ । अब लागु हुने नयाँ कानुन मा आफ्नो कामको करार सकाएपछी कम्पनी को स्विकृती बिनानै नयाँ काम खोज्न सकिनेछ ,तर कम्पनी लाई लिखित रुपमा जानकारी भने गराउन पर्दछ ।
त्यस्तै आफ्नो काम करार नसकी नयाँ काम खोज्न भने कम्पनी को स्विकृती पत्र (NOC) नै चहिनेछ तर श्रमिक ले आफु अन्याय वा दुर्व्यबहार वा शोषण मा परेको प्रमाणित गर्न सकेको खण्ड मा भने श्रम मन्त्रालय मार्फत आबश्यक कगजपत्र पाउन सकिनेछ ।
नयाँ कानुन मा श्रमिकले आफु कार्यरत कम्पनीको काम गर्न सुरु गरेको मिती देखिको समय हिसाब हुनेछ । यसको मतलब डिसेम्बर १३ देखि नँया हिसाब हुने छैन । अझ तपाईंले एउटै कम्पनीमा ५ बर्ष भन्दा बढी बिताई सक्नु भएको छ भने यो करार को कानुन ले तपाईंलाई कुनै असर गर्ने छैन ।
तपाईं को पासपोर्ट कम्पनीले राख्न पाउने छैन, राखेमा सो कम्पनी लाई कतारी रियाल २५ हजार जरिनामा लाग्नेछ।
कतार छोड्न चाहिने गमन पत्र खारेज भने हुनेछैन । यो पहिले आफु कार्यरत कम्पनी बाट लिनु पर्ने व्यबस्था थियो भने अब आँफै अनलाईन वा सम्बन्धित सरकारी कार्यालयबाट लिनु पर्ने हुन्छ तर आफु कतार छोड्ने बारे आफ्नो कम्पनी लाई खबर भने गर्नु पर्ने हुन्छ ।
यधपी कम्पनी ले नमानेको खण्डमा भने श्रमिक आँफैले सिधै गमन पत्र उजूरी केन्द्र (EXIT PERMIT GRIEVANCE COMMITTEE) मा निबेदन दिन सकिनेछ । यो पनि अनलाइन, प्रहरी चौकी वा सम्बन्धित सरकारी कार्यालय बाट दिन सकिनेछ । समितीले उक्त निबेदन लाई ७२ घण्टा भित्र नै सम्बोधन गर्नेछ अझ आपत्कालिन खण्डमा यस्ले अझ छिटो काम गर्नेछ । हाल लाई उजूरी उत्तर मदिनाथ खलिफा अवस्थित पुरानो ट्राफिक कार्यालय बाट मात्र दिन सकिनेछ ।
यस समिती आन्तरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग तथा MADSLA का उच्च पधाधिकरी हरु बाट बनेको समिती हो । यहाँ श्रमिक को उजुरी पर्ने बित्तिकै यसले श्रमिकको कम्पनी मा खबर गर्नेछ । गमन पत्र अश्विकार को बारेमा सोध्पुछ गर्नेछ । श्रमिक र कम्पनीको बिगत का गतिबिधी लाई निग्रानीमा राख्नेछ । श्रमिक ले बिगत मा कुनै अपराधिक कृयाकलाप वा कतार मा श्रृण नभएको खण्डमा भने यस्ले स्वत्त गमन पत्र दिनेछ । अझ श्रमिक लाई आपत्कालिन परेको खण्डमा पनि आवश्यक कागज पत्र मिलाई यस् समिती ले गमन पत्र दिनेछ ।
एक्जिट पर्मिट उजुरी केन्द्र समिति का बारे अझ थाहा पाउन, यहाँ क्लिक गर्नुहोश ।
– QN-कतार नेपालका लागि अनिल मगर, दोहा न्युजको सहयोगमा