कतारद्वारा ओमान पराजित

कतारले आफ्नो अपराजित यात्रालाई कायम राख्न सफल भएको छ । चीनमा आयोजना हुने २०२३ एसियन कप च्याम्पियनसीप र फिफा विश्वकप २०२२ प्रतियोगिताको छनौटका लागि हिजो भएको खेलमा कतारले ओमानलाई २ – १ गोल अन्तरले पराजित गरेको छ । आयोजक राष्ट्रको हिसाबले कतार २०२२ विश्वकपको लागि छनौट भइसकेको छ ।
कतारको जितका लागि अल्मोएज अलिले ७२ औ मिनेटमा निर्णायक गोल गरेका थिए । खेलको दोस्रो मिनेटमा नै अक्रिम अफिफको गोल मार्फत कतारले अग्रता लिएको थियो । ओमानका लागि ६५ औ मिनेटमा अल अलवीले सान्त्वना गोल फर्काएका थिए ।
समूह ‘ ई ‘ मा कतार सँगै भारत , अफगानिस्तान , बंगलादेश र ओमान रहेको छ । जित सँगै कतार समूहको शिर्ष स्थानमा बसेको छ ।
उता नेपाल भने जोर्डन सँग ३ – ० ले हारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो