तेस्रो स्थान उपाधिको लागि भोलि नेपाल र भारत खेल्दै

कतार फुटबल एशोसियसन द्वारा आयोजना भईरहेको पाँचौ एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको तेस्रो स्थान उपाधिको खेलमा नेपालले भोली भारत सँग प्रतिस्पर्धा गर्दैछ । भोली शुक्रबार अल हिलाल स्थित द मल संगै रहेको अल अह्रली फुटबल क्लबको मैदानमा खेल सा ५:०० बजे बाट सुरु हुँदैछ ।
नेपालले क्वाटरफाइनल खेलमा इंडोनेशियालाई ३-१ ले हराएको थियो भने लिग चरणको खेलहरुमा जापानलाई १०-०,मलोसिया लाई २-१ ,फिलिपिन्स लाई २-० ले र सिङ्गापुर लाई ६-० ले हराएको थियो त्यस्तै श्रीलंका संग गोल रहित बराबरी खेलेको थियो।
नेपालले यसअघि भएको सेमिफाइनलमा जोर्डन संग ६-० को नमिठो हार बेहोर्दा यस वर्ष उपाधि चुम्ने सपना गुमाएको थियो।
नेपालले गत वर्ष जार्डन लाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो र फाइनलमा नेपाल उपविजेता बन्न सफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो