श्रमस्वीकृति लिन अब लाइन बस्न नपर्ने

वैदेशिक रोजगार विभागले व्यक्तिगत श्रम स्वीकृतिका लागि ‘क्यु सिस्टम’ लागु गरेको छ ।

यो प्रणाली सुरु भएपछि कामदारले लाइन लाग्नु पर्दैन । श्रमस्वीकृतिका लागि अनलाइनमा फारम भर्दा नै श्रमस्वीकृति लिने समय तोकिने विभागका प्रवक्ता मोहन अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिएका छन् । यसअघि अनलाइन फारम भर्नुअघि नै लाइन लाग्नु पर्ने हुँदा श्रमग्राम ताहाचलमा भिड हुने गरेको थियो ।

क्यु सिस्टम पछि कामदारको भिड हट्ने प्रवक्ता अधिकारीको भनाई छ । व्यक्तिगत श्रम स्वीकृतिका लागि https://feims.dofe.gov.np/ बाट अनलाइन फारम भरेर समय लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button