शनिबारसम्म वर्षाको सम्भावना

देशको प्राय भूभागमा आज देखि शनिबारसम्म वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । अरेबियन पेनिन्सुलामा न्यून चाप प्रक्रियाको प्रभावका कारण अव्यवस्थित मौसम देखिने विभागले आज एक रिपोर्ट सार्वजनिक गर्दै जानकारी गराएको हो।
विभागको अनुसार शनिबारसम्म मौसम आंशिक बदली देखि पुरै बदली भई कडा हावाहुरी संगै केही स्थानमा वर्षा हुनसक्ने देखिएको छ।
विभागले यस अवधिभर समुद्री क्रियाकलाप गर्न अघि आधिकारिक सामाजिक सञ्जाल मार्फत मौसमको अपडेट लिन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।