तलब नदिने कम्पनीलाई कारबाही

मिशरीबको एक कार्यस्थलमा हिजो कामदारले शान्तिपूर्ण आन्दोलन गरेपछी श्रम मन्त्रालयको ध्यानाकर्षण भएको छ ।
प्रशासनिक विकास श्रम तथा सामाजिक मन्त्रालयले घटनाको तत्काल अनुसन्धान गर्दै केही दिन भित्र नै कामदारको बाँकी तलब दिने बताएको छ । मन्त्रालयले सो कम्पनीलाई ज्याला रक्षा प्रणाली (डब्लुपीएस)को नियम उल्लंघन गरेको भन्दै कारबाही समेत गरेको कतार न्यूज एजेन्सीले लेखेको छ ।
The Ministry of Administrative Development, Labor and Social Affairs began an immediate investigation into the incident of late payment of wages for a number of expatriate workers who gathered on Friday, in coordination with the competent authorities. #QNA
— Qatar News Agency (@QNAEnglish) May 23, 2020
कोरोनाभाइरसको महामारीको बेला कानूनी कर्तव्यको नीति बारे कम्पनीहरुलाई बारम्बार गरिएको निर्देशन मन्त्रालयले पुन दोहोराएको छ । सरकारको यस नीतिको नियम उल्लंघन गर्ने कम्पनीलाई कतार श्रम कानून बमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
कानून यस्तो छ
कोरोनाभाइरसको अहिलेको महामारीको बेला कम्पनीले कामदारको तलब दिन्न भन्न पाउने नियम बनेको छैन । कामदारको खाना र बस्ने व्यवस्थामा कटौती नगरी बरु कम्पनीले कार्य समय घटाउन भने पाउनेछ ।
अहिलेको स्थितिमा असर परेका कम्पनीले कामदार संगको करार पनि भङ्ग गर्न पाउनेछ । तर पूर्व सूचना दिएर, श्रम कानून अनुसार कामदारले पाउनुपर्ने सबै हिसाब दिएर,टिकट संगै कामदार घर फिर्ता नहुन्जेलसम्म खाना र बस्न भने दिनुपर्ने नियम रहेको छ ।
कम्पनीले तलब नदिए के गर्ने ?
कम्पनीले यदि तलब नदिए वा ढिलो गरे मन्त्रालयको नम्बर ९२७२७ मा अगाडी ५ र आफ्नो आइडी नम्बर हालेर म्यासेज गर्न सकिनेछ ।
त्यस्तै तलब र बासस्थानमा समस्या भए मन्त्रालयको हटलाइन नम्बर ४०२८०६६० मा उजुरी गर्न सकिन्छ । त्यस्तै info@adlsa.gov.qa मा इमेल पनि गर्न गर्न सकिन्छ ।