हमास नेता हनियाले भने- कतारको माध्यमबाट इजरायलसँग सम्झौता हुनै लागेको छ
प्यालेस्टिनी विद्रोही समूह हमासका एक अधिकारीले इजरायलसँग सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्। दुई पक्षबीच कतारमा वार्ता जारी छ। वार्ताको मध्यस्थता पनि कतारले नै गरिरहेको छ।
इजरायली पक्षबाट भने यसबारे कुनै प्रतिक्रिया आएको छैन। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले बनाएका बन्धक छुटाउने विषयमा सम्झौता हुन लागेको बताएका थिए।
गाजामा इजरायलले हमासविरुद्धको अभियान सुरु गरेदेखि १३ हजार ३ सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ। अक्टोबर ७ मा हमासका लडाकुहरूले गरेको आक्रमणमा १ हजार ४ सय इजरायलीको मृत्यु भएको छ भने २०० भन्दा बढीलाई हमासले बन्धक बनाएको छ। बन्धक बनाएका मध्ये केहीको शव प्राप्त भएको छ। – नेपाल समय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
57
मनपर्यो
17
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो