बिज्ञापन

हमास र इजरायल बिच चार दिन अस्थायी युद्धविराम हुने

कतार, इजिप्ट र अमेरिकाको मध्यस्तामा डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् ।

गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलोचरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ ।

चार दिनको अस्थायी युद्धविरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ ।

जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यसक्रममा युद्ध रोकिनेछ ।’ हमासले ५० जनालाई रिहा गर्ने इजरायल सरकारले जनाएको हो भने विज्ञप्ति जारी गर्दै हमासले पनि मानवीय आधारमा युद्धविराम मा सहमति भएको जनाएको छ ।

कतार र इजिप्टको मध्यस्तामा सम्झौता भएकोप्रति हमासले दुवै देशलाई धन्यवाद पनि दिएको छ ।

कतारको आशा छ कि चार दिने सम्झौताले ‘युद्ध अन्त्य’ को लागि मार्ग प्रशस्त गर्नेछ

कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले गाजामा चार दिनको अस्थायी युद्धविराम गराउन सहयोग गरेकोमा अमेरिका र इजिप्टलाई धन्यवाद दिएका छन्।  सम्झौताले “युद्ध र रक्तपातको अन्त्य गर्ने” “व्यापक र दिगो सम्झौता” स्थापना गर्ने साथै प्रधानमन्त्रीले यो सम्झौताले “बृहत् र न्यायपूर्ण शान्ति प्रक्रियाका लागि गम्भीर वार्तातर्फ डोर्‍याउने” आशा पनि व्यक्त गरेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button