बिज्ञापन

कतारमा आजबाट ‘परदेशी – २’ प्रदर्शनमा आयो

कतारमा आजबाट नेपाली कथानक चलचित्र ‘परदेशी २’ प्रदर्शनमा आएको छ ।

चलचित्र एसियन टाउन,नोभो सिनेमा लगायतका हलहरुमा प्रदर्शन भएको छ । गतहप्ता देखि नै प्रदर्शनमा आउने भनिएको चलचित्र प्राविधिक कारणबस एक हप्ता पछाडी सरेको थियो ।

चलचित्रले आज बिहिवार मात्र २४ बढी शो पाएको छ ।

अनलाइन टिकट बुकिङ q-tickets.com बाट गर्न सकिनेछ ।

चलचित्रमा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ। चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
4
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button