बिज्ञापन

कतार एसियन कपको अन्तिम १६ मा

लगातार दोस्रो जित निकाल्दै कतार घरेलु भूमिमा भइरहेको एएफसी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

१० खेलाडीमा सिमित ताजिकिस्तानलाई बुधबार १-० ले हराएपछि कतार लगातार २ खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको हो ।

अक्रम अफिफले १७औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । अफिफले लेबनान विरुद्धको जितमा २ गोल गरेका थिए।

८१औं मिनेटमा अमादोनी कामोलोभले रातो कार्ड पाएपछि ताजिकिस्तानले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको थियो ।

त्यस्तै बुधबार नै भएको सोही समूहको‌ पहिलो खेलमा चीन र लेबनानले गोलरहित बराबरी खेलेका थिए ।

२ चरणको खेलपछि समूह ए मा कतारको ६ अंक रहेको छ । चीनको २ अंक तथा ताजिकिस्तान र लेबनान समान १-१ अंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
बिज्ञापन
Back to top button