दशरथ चन्द स्मृति पुरस्कारबाट मोहन दुवाल पुरस्कृत

चितवन, माघ १६-

चितवनबाट प्रकाशित हुँदै आएको अनुसन्धानमूलक साहित्यिक–साँस्कृतिक त्रैमासिक पत्रिका ‘हाम्रो सिर्जना’ले प्रदान गर्ने यो पटकको ‘दशरथ चन्द स्मृति पुरस्कार’ पुरस्कार काभ्रे बनेपाका मोहन दुवालले पाएका छन् ।
सहिद दिवसका दिन मंगलबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि दुवाललाई चितवन जिसस प्रमुख नारायणप्रसाद अधिकारीको हातबाट पुरस्कृत गरिएको हो । हरेक बर्ष प्रदान गरिने यस पुरस्कारको राशी नगद १५ हजार रुपैयाँ रहेको छ । यो पुरस्कारका लागि वरिष्ठ साहित्यकार प्रध्यापक आनन्ददेव भट्ट र सुशीला भट्टले अक्षयकोष स्थापना गर्नुभएको ‘हाम्रो सिर्जना’ पत्रिकाका प्रकाशक डिआर पोखरेले जानकारी दिए ।
सहिदको बलिदानी भावानाहरु प्रति उच्च सम्मान प्रकट गर्नका लागि यो पुरस्कार स्थापना भएको पोखरेलले जानकारी दिए । विस २०७० सालदेखि सहिद दिवसको दिन पारेर पुरस्कार दिइदै आएको उनले बताए ।

दुवालले सहिद शुक्रराज शास्त्रीको चिन्तन प्रधान कृति ‘स्वर्गको दरबार’लाई जनमतमा धाराबाहिक रुपमा प्रकाशित गरेका छन् । विस १९८६ सालमा प्रकाशित भएको शास्त्रीको उक्त कृति चर्चाभन्दा बाहिर रहेर सबैले भुल्दै गएको अवस्थामा दुवालले ‘जनमत’को ११७ देखि १३७ अंकसम्म प्रकाशित गरेका छन् । त्यसैगरी विस २०६६ सालमा सो कृतिलाई पुनः पुस्तकको रुपमा प्रकाशित गरेको पोखरेलले बताए ।
सहिदको महत्वपुर्ण कृतिलाई जोगाउने काममा यो महत्वपुर्ण योगदान भएका कारणले दुवालाई पुरस्कृत गरिएको उनको भनाई छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button