बिज्ञापन

कतार र इरान फाइनल प्रवेशका लागि भिड्दै

खेल अल थुमामा स्टेडियममा बेलुका ६ बजे सुरु हुने छ ।

साविक विजेता कतार र तीन पटकको विजेता इरान कतारमा जारी एएफसी एसियन कपको फाइनल प्रवेशका लागि भिड्दै छन् । यो दोस्रो सेमिफाइनल खेल अल थुमामा स्टेडियममा बेलुका ६ बजे सुरु हुने छ ।

कतार घरेलु भूमिमा उपाधि रक्षा गर्ने तघारमा छ । समूह चरणका सबै तीन खेल जितेर समूहमा पहिलो हुँदै अन्तिम १६ मा स्थान बनाएको कतारले अन्तिम १६ मा प्यालेस्टाइन माथि जित दर्ता गरेको थियो । क्वाटरफाइनलमा भने कतारले उज्वेकिस्तानलाई पेनाल्टी शूटआउटमा पराजित गरेको थियो ।

कतारका दुई प्रमुख खेलाडी हसन अल हेडोस र अक्रम अफिफ उच्च लयमा रहेका छन् ।

इरान पनि समूहमा सबै खेल जित्दै शीर्ष स्थान हासिल गरेर अन्तिम १६ मा प्रवेश गरेको थियो । अन्तिम १६ मा सिरिया माथि टाईब्रेकरमा जित हासिल गरेको इरानले क्वाटरफाइनलमा दावेदार जापान माथि अन्तिम समयमा गोल गर्दै जित हासिल गरेको थियो ।

आजको विजेताले फाइनलमा उपाधिका लागि जोर्डनको सामना गर्ने छ । जोर्डन मंगलबार दक्षिण कोरिया माथि सानदार जित दर्ता गर्दै फाइनल प्रवेश गरिसकेको छ । यो जोर्डनको इतिहासमा पहिलो फाइनल समेत रहेको छ ।

– यस समाचारको श्रोत : www.hamrokhelkud.com हो ।

Iran vs Qatar: AFC Asian Cup 2023 Semifinal Match is today
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button