कतारको जवाफ नकरात्मक, नाकाबन्दी यथावत रहने : छिमेकी राष्ट्र


कतारले पठाएको १३ बुँदे मागको जवाफ छिमेकी ४ राष्ट्रहरुले नकरात्मक रहेको निस्कर्ष निकालेका छ्न् । आज इजिप्टको राजधानी कायरोमा साउदी अरब , युएई, बहराइन र इजिप्टको विदेशमन्त्रीहरुद्धारा कतारको जवाफ बारेमा बसेको बैठकमा उक्त निस्कर्ष निस्किएको हो । बैठक कार्यक्रम पश्चात ती राष्ट्रहरुले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै इजिप्टको विदेशमन्त्री समेह शुक्रीले कतारको जवाफ सिधै नकरात्मक रहेको र अहिले बढेको समस्या प्रति कतार गम्भीर नरहेको प्रतिक्रया दिएका छन् ।
त्यस्तै साउदी विदेश मन्त्री अदेल अल जुबेरले अब कतारलाई अन्तर्राष्ट्रिय कानून भित्र रहेर थप कदम चाल्ने बताएका छन् । त्यस्तै एक महिना यता देखि लगाईरहेको नाकाबन्दी कतारले आफ्नो नीति परिवर्तन नगरे सम्म उथावत राख्ने जानकारी दिएका छन् । त्यस्तै मन्त्री जुबेरले टर्की सामान्य अवस्थामा बस्नेमा आशावादी रहेको र इरान लाई आतंकवादको सबैभन्दा ठुलो सहयोगी भएको आरोप पनि लगाएका छन् ।
मतभेद समाधान गर्न तयार : कतार
आतंककारी भन्ने मुश्लिम ब्रदरहुडलाई कतारले समर्थन गरेको र उनीहरुलाई कतारी राज्यको पैसामा चलेको अल जजिरामा टेलिभिजनमा ठाउँ दिएको आरोप खण्डन गर्दै कतारका विदेशमन्त्री शेख मोहम्मद विन अब्दुल्लाह रहिम थानीले आज लण्डनमा पत्रकारहरु माझ छिमेकी मुलुकहरुसँगको मतभेद समाधानका लागि चालिने कुनै पनि कदमको स्वागत गर्न आफू तयार रहेको बताउनु भएको छ ।
कतारले वार्ताका लागि निरन्तर आब्हान गर्दै आएको स्मरण गराउँदै उहाँले आफनो सार्वभौमिकतामा आत्मसमर्पण भने नगर्ने प्रष्ट पार्नु भएको छ ।
