अमिर साउदी अरेबिया भ्रमणमा

अमिर शेख तमिम बिन हमाद अल थानी सोमबार साँझ साउदी अरेबिया प्रस्थान गर्नुभएको छ । साउदीका राजा सलमान बिन अब्दुलाजिज अल साउदको निमन्त्रणामा अमिर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भ्रमणको क्रममा अमिरले दुई देश बिचको साझा मुद्दा तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गरिने कतार न्युज एजेन्सीले बताएको छ ।
साउदीका उप प्रधानमन्त्री र रक्षा मन्त्री, राजकुमार मोहम्मद बिन सलमान बिन अब्दुलाजिज अल सउदले कतारका अमिर शेख तमिम लाई स्वागत गरेका थिए ।




