पीडितलाई पुर्कोट सेवा समाज कतारको सहयोग

रेशम तामाङ्ग
कतारमा स्थापित पुर्कोट सेवा समाजले आफ्नो सहयोगको हात बढाउने क्रममा मलेसिया बाट गम्भीर बिरामी परेर फर्किएका पुर्कोट काउरेटारका रबिन्द्र के.सी लाई आर्थिक सहयोग गरेको छ।
हाल काठमाण्डौंस्थित ग्रान्डी अस्पतालमा उपचाररत के.सीको आर्थिक स्थिति नाजुक हुँदा तत्कालका लागि २५ हजार एक सय रुपैंया सहयोग गरेको समाजका अध्यक्ष संगम पाण्डेले बताएका छन्।
त्यस्तै पुर्कोट निवासी डिल बहादुर मिजारको दुवै मृगौला काम नलाग्ने भएर उपचाररत पीडितलाई पनि समाजले २५ हजार एकसय रुपैयाँ सहयोग रकम पठाएको छ।उनलाई आफ्नै श्रीमती विमला मिजारले मृगौला दान गरेकी थिइन्।
समाजले यसअघि पुर्कोट मा अग्निपीडित,एम्बुलेन्स लगायतका सहयोग गरिसकेको छ। कतारमा आफ्नो कर्मथलो बनाएर आफ्नै बासस्थानको आपतमा सहयोग जुटाउँदै आइरहेको पुर्कोट सेवा समाज कतारमा सेवाको नाम गरेर राजनीतिका निमित्त मात्र स्थापित संघ संस्थालाई एक उदाहरण नै बनेको छ।

