बिज्ञापन

दोस्रो हप्तामा ‘दयारानी’

राम्रो ब्यापार गरेपछि नेपाली फिल्म दयारानी कतारमा दोस्रो हप्तामा पनि प्रदर्शन हुने भएको छ ।

फेब्रुअरी १५ देखि प्रदर्शनमा आएको दयाहाङ राई र दिया पुन अभिनीत फिल्मको लगभग ८ शो हाउसफुल भएको थियो ।

फिल्म एसियन टाउनमा बिहिबार बेलुका ५:४५ र शुक्रबार दिउँसो ३:४५ बजे प्रदर्शन हुने र आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएको छ।

माओत्से गुरुङ निर्देशित फिल्मलाई सिनेमा आर्टस् र माओत्से फिल्म्सले निर्माण गरेको हो। फिल्ममा दयाहाङ राई र दिया पुनसँगै विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको पनि अभिनय छ।

गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले फिल्मको नाम ‘दयारानी’ राखिएको हो।  फिल्मले एउटा खराब श्रीमान र उसकी श्रीमतिको कथा भन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button