बिज्ञापन

‘अगस्त्य’को कतार प्रदर्शन मार्च ७ बाट हुने

नेपाली चलचित्र‘अगस्त्य’को कतार प्रदर्शन मार्च ७ बाट हुने भएको छ ।

विदेशमा २ सय भन्दा बढी शो हुन लागेको चलचित्र ‘अगस्त्य’को कतार प्रदर्शन अधिकार पाएको सेभेन सिज इन्टरटेन्मेन्टले देशभरका मुख्य हलहरुमा प्रदर्शनीको तयारी गरेको हो ।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराललगायतको मुख्य भूमिका रहेको छ ।

फिल्म निर्माण कम्पनी डार्क हर्स इन्टरटेनमेन्टका अनुसार अमेरिका र बेलायतमा ८ सयदेखि एक हजार शो, क्यानडामा १ सय ५० शो, युरोपका अन्य देशसँगै जापान, कोरिया, हङकङ र थाइल्यान्डमा १ सय ५० शो, अष्ट्रेलिया र न्युजिल्याण्डमा पाँच सय शो र मध्यपूर्वका देशहरुमा ७ सय ५० शोमा फिल्म रिलिज हुने जनाइएको छ ।

प्रकाश मल्ल, अनिष तामाङ र विश्वप्रकाश गौचन निर्माता रहेको फिल्मको छायांकार सञ्जय लामा हुन् । दुई च्याप्टरमा बन्ने ‘अगस्त्य’ को दुवै श्रृंखलाको कथा निर्देशक चौधरीले लेखेका हुन् । चलचित्रका मुख्य नायकद्धय सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने निर्माण टिमको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
2
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
बिज्ञापन
Back to top button