फिफा क्लब विश्वकप फेब्रुअरी १ देखि आयोजना हुने

कतारले आयोजना गर्ने फिफा क्लब विश्वकप २०२० को संस्करण अर्को वर्षको फेब्रुअरी १ देखि ११ सम्म हुने फिफाले जनाएको छ । यसअघि प्रतियोगिता डिसेम्बरमा हुने तय गरिएको थियो ।

विश्वभरका ६ महादेशको विजयी कल्ब बिच हुने प्रतियोगितामा यसपटक यूरोपेेेली च्याम्पियन्स लिग विजेता बायर्न मुनिखको सहभागिता रहनेछ । त्यस्तै आयोजक तर्फको नाताले कतारको अल दुहेल क्लब पनि सहभागी हुने पक्का भैसकेको छ । त्यस्तै अन्य क्लबको टुंगो लाग्न भने बाँकि छ ।

कतारमै भएको गत सिजनमा च्याम्पियन्स लिग विजेता लिभरपुलले ब्राजिलियन क्लब फ्लामेङोलाई हराउँदै उपाधी जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button