बिज्ञापन

भ्रष्टाचार मुद्दामा तीन कतारी सहित १४ जनालाई जेल सजाय

कतारको विशेष अदालतले भ्रष्टाचार मुद्दामा हमाद अस्पतालका चार कर्मचारी सहित १४ जनालाई दोषी ठहर गरेको छ । मंगलबार भएको सुनुवाइमा अदालतले ती प्रतिवादीहरुलाई १५ वर्ष जेल सजाय र ७२ करोड रियाल सम्मको जरिवाना सुनाएको छ ।

हमाद अस्पतालका चार मध्ये एक कतारी कर्मचारीलाई १५ वर्ष जेल सजाय र ७२ करोड रियाल जरिवाना सुनाएको छ । त्यस्तै अस्पतालका कर्मचारी मध्येका जोर्डनी नागरिकलाई ११ वर्ष जेल सजाय र १२ करोड रियाल ,प्यालेस्टिन नागरिकलाई दस वर्ष जेल सजाय र १४ करोड रियाल र बाँकि दुई भारतिय नागरिकलाई १४ वर्ष जेल सजाय र ३१ करोड रियाल जरिवाना तोकेको छ ।

यता अस्पताल संग ठेक्का लिएको कम्पनी तर्फका कतारी मुलका मालिकलाई सम्पत्ति शुद्धिकरण मुद्दामा ५ वर्ष जेल सजाय र २२ करोड र अर्का कतारी नागरिकलाई ८ वर्ष जेल सजाय र साढे दुई करोड रियाल जरिवाना भएको छ ।

त्यस्तै सोही कम्पनीमा काम गर्ने कर्मचारी मध्येका ६ भारतीय नागरिक र २ जोर्डनी नागरिकलाई ५ देखि १४ वर्षको जेल सजाय र ५० लाख देखि १९ करोड रियाल सम्मको सजाय सुनाएको छ ।

सजाय पूरा भएपछि गैर कतारी नागरिकलाई देश निकाला गर्न पनि अदालतले आदेश दिएको छ। सो मुद्दामा अदालतले एक कतारी र अर्का जोर्डन मुलका नागरिकलाई सफाई दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
5
मनपर्‍यो
खुसी लाग्यो
39
खुसी लाग्यो
दुःख लाग्यो
6
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
2
हाँसो लाग्यो
रीस उठ्यो
12
रीस उठ्यो
बिज्ञापन
Back to top button