बिज्ञापन

‘अगस्त्य’ को टिकट बुकिङ खुल्यो

भोलि बिहिबारबाट कतार लगायत मध्यपुर्वको देशहरुमा प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य च्याप्टर १’ को एडभान्स बुकिङ खुलेको छ ।

फिल्मले एसियन टाउन,सिटी सेन्टर,भिलाजियो मल,रोयल प्लाजा,शुक वकिफ,अल खोर मल सहित ११ हलमा ६० भन्दा माथिको शो पाएको आयोजक पक्षले बताएको छ ।

गएको हप्तादेखि नेपालमा प्रदर्शन भएको फिल्मले नाफाको व्यापार गरिसकेको छ ।

टिकट बुकिङ तथा शो समय q-tickets.comqa.novocinemas.com बाट हेर्न सकिनेछ ।

फिल्मका लागि कलाकार सौगात मल्ल र नाजिर हुसेनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । यो फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए । उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको कामले नयाँ हाइप कायम गरेको छ । यो कुराले पनि फिल्मको चर्चा निकै चुलिएको छ । यसै गरी, अर्का कलाकार नाजिरले फिल्मकै लागि २० किलो तौल बढाउनुले आफ्नो चरित्रका लागि कति मेहनत गरेका छन् भन्ने प्रस्ट्याउँछ ।

फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, निश्चल बस्नेत, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदिप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतका कलाकारको अभिनय छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
13
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button