र्यापर यम बुद्धद्वारा आत्महत्या

सेतोपाटी
चर्चित युवा गायक एवं र्यापर यम बुद्ध (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ।
२९ वर्षिय अधिकारी शनिबार उनी आफ्नो बाथरुममा मृत भेटिएका हुन्। उनी आफ्नी पत्नी सहित लन्डनमा बस्दै आएका थिए।
उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बीबीसी नेपाली सेवाका अनुसार अनिलका पारिवारिक सदस्यले मृत्युको पुष्टी गरेको जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ।
साथी तथा आमा जस्ता गीतका लागि चर्चित रहेका अधिकारी पछिल्लो समय ‘खतरा’ एल्बम निकाल्ने तयारीमा थिए। उनले के कति कारणले आत्महत्या गरे भन्ने बारेमा केही खुल्न सकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो