बिज्ञापन

रमदान महिनाभर ९०० खाध्यान्न सामाग्रीहरुमा मन्त्रालयको छुट

छुट मार्च ४ तारिख देखी रमदानको अन्तिम दिन सम्मका लागि लागु हुने

आउँदै गरेको इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमज़ान को अवसर पारेर मन्त्रालयले ९०० खाधान्न साग्रीहरुमा छुटको व्यबस्था गरेको छ। कतारका लगभग सबै हाइपर तथा सुपर मार्केटहरु संग समन्व्य गर्दै अर्थ तथा वाणिज्य मन्त्रालयले हिजो छुट सामाग्रीहरुको सुची सार्वजनिक गरेको छ ।

छुट मार्च ४ तारिख देखी  देखि रमदानको अन्तिम दिन सम्मका लागि लागु हुनेछ ।

सामान तोकिएको मुल्य भन्दा बढी भाउ लिने मार्केटलाई कारबाही गर्ने मन्त्रालयले चेतावनी समेत दिएको छ। साथै यस अवधि भर मार्केटहरुमा छड्के जाँच समेत गरिने मन्त्रालयले जानकारी दिएको छ।

नियम उल्लघंन गरेको पाईएमा मन्त्रालयको कल सेन्टर १६००१ र सामाजिक सञ्जालको पेजहरु मार्फत उजुरी दिन सकिनेछ।

छुट अन्तर्गत चामल, तेल, दुध,मासु, पिठो लगायतका साथै अन्य थुप्रै सामाग्रीहरु पनि रहेका छन् ।

के के मा छ त छुट ?

 यहाँ क्लिक गरी डाउनलोड गरेर जूम गरी हेर्न सक्नुहुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
3
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button