बिज्ञापन

रमादानको टुंगो लाग्ने अर्ध चन्द्रमा आईतबार हेरिने

के हो रमदान ? रमदान बारे थाहा पाउनु पर्ने कुराहरु

यस वर्षको रमादान महिनाका लागि अर्ध चन्द्रमा भोली आईतबार हेरिने भएको छ। अकफ तथा इस्लामिक मामिला मन्त्रालय अन्तर्गतको अर्ध चन्द्रमा अवलोकन समितिले मे १० को बेलुका कतारमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई चन्द्रमा हेर्न आवहान गरेको हो।

अर्ध चन्द्रमा देख्ने जो कोहीले पनि दफ्ना स्थित आफ्नो कार्यालयमा आएर रिपोर्ट गर्न समितिले आग्रह गरेको छ। रमादान महिना सुरु हुने टुंगो लगाउन समितिको बैठक पनि सोही दिन मघ्रिब(सूर्यास्त) प्राथना पछि बस्दैछ।

के हो रमदान ? 

इस्लामी पात्रो हिजरी संवत् अनुसार आठौं ‘शाबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएको भोलि बाट रोजा बस्न सुरु हुन्छ । यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये एकको रुपमा पनि लिने गरिन्छ । यो महिनामा धूम्रपान, मदिरा सेवन, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरू धर्म विपरीत मानिन्छ ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।  यो महिनामा कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।  सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

रमदान बारे थाहा पाउनु पर्ने कुराहरु

कतार एक मुस्लिम राष्ट्र हो । कतारले प्राय मध्यपुर्व आर्थात खाडी राष्ट्रहरुले मान्ने ईस्लामिक कानुन ‘शरिया कानुन’ को पालाना गर्दछ ।
कानुनले बर्तको समयमा सार्वजनिक स्थानमा खाने, चपाउने, पिउने र धुम्रपान गर्नाले बर्तालु लाई गाह्रो पर्ने हुँदा यी कार्यहरु प्रतिबन्धित गरेको छ । खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।

खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
1
मनपर्‍यो
खुसी लाग्यो
25
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button