बिज्ञापन

रमादान महिना भोलि देखि सुरु, के गर्न हुन्छ के हुँदैन ?

यस् वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’ को पहिलो दिन भोलि मार्च ११ तारिख सोमबार देखि सुरु हुने भएको छ।

आज अर्ध चन्द्रमा देखिएका कारण भोलि बाट रमादान सुरु हुने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ।

कतार एक मुस्लिम राष्ट्र हो । कतारले प्राय मध्यपुर्व आर्थात खाडी राष्ट्रहरुले मान्ने ईस्लामिक कानुन ‘शरिया कानुन’ को पालाना गर्दछ । कानुनले बर्तको समयमा सार्वजनिक स्थानमा खाने, चपाउने, पिउने र धुम्रपान गर्नाले बर्तालु लाई गाह्रो पर्ने हुँदा यी कार्यहरु प्रतिबन्धित गरेको छ । खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।


के हो रमदान ?

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना “रमदान” वा रमज़ान मार्च ११ देखी हुँदैछ ।  इस्लामी पात्रो हिजरी संवत् अनुसार आठौं ‘शाबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएको भोलि बाट रोजा बस्न सुरु हुन्छ । यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये एकको रुपमा पनि लिने गरिन्छ । यो महिनामा धूम्रपान, मदिरा सेवन, झुटो बोल्नु, शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरू धर्म विपरीत मानिन्छ ।

रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।  यो महिनामा कुरानको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।  सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

खुल्ला स्थानमा खाने , पिउने, चुइगम चपाउने र धुम्रपान गरेको भेटेमा ३ महिना जेल सजाय वा ३,००० कतारी रियाल जरिवाना हुनसक्छ ।

गर्न हुने कुराहरू

१. आफूले चिनेजानेको वा कार्यालयमा रहेका साथीभाई, कर्मचारी संग रमदानको शुभकामना आदानप्रदान गर्नुहोस् । शुभकामना “रमदान करीम” अथवा “रमदान मुबारक” भनेर दिन सकिन्छ ।  अंकमाल गरेर वा हात मिलाएर शुभकामना दिनु भन्दा अहिले कोरोनाका बेला टाडैबाट शुभकामना दिनुहोस् ।

२. रमदान महिनामा बैंक, कार्यालय, मार्केट सपिङ कम्प्लेक्स, मल, रेस्टुरेन्ट लगायत अन्य संस्थाले खुल्ने समय परिवर्तन गर्नेछन् । त्यसैले त्यस्ता स्थानमा जानुअघि त्यहाँको कार्य समय बारे बुझेर मात्र जानुहोला ।

३. साधारण कपडा लगाउनुहोस् । त्यसैपनि कतारमा विषेशगरी महिलाले शरीर देखाउने गरी लुगा लगाएको राम्रो मानिंदैन। अझ रमदानको समयमा छोटो कपडा लगाउँदा अफ्ट्यारोमा पर्न सकिन्छ । मास्कको अनिवार्य प्रयोग गर्नुहोस् ।

४. वर्त बस्नुहोस् । रमदानको समयमा ईच्छा लागेका वा सक्नेले वर्त बस्नु इस्लाम धर्म विपरीत होइन। वर्त बस्नु शरीरको लागि राम्रो मानिन्छ ।

५. इफ्तार, सुहोर (वर्त बस्नु अघि र वर्त तोड्न खाइने खाना) मा सहभागी हुनुहोस् । रमदानको समयमा विभिन्न स्थानमा दिइने निशुल्क भोजन जो कसैले पनि गर्न पाइन्छ । तर को कोरोनाका बेला जनस्वास्थ्यका मापदण्ड पालना गर्न भने नबिर्सिनु होला ।

६. मन्त्रालय, सरकारी कार्यालय संग सम्बन्धित सबै कार्यहरू रमदान अघि सकाउनुहोस् । रमदानको समयमा सरकारी काम ढिला हुनु स्वभाविक हो ।

७. इफ्तार (वर्त सकिने समय) को समय अघि सवारी चालकले विशेष ध्यान पुर्याउनुहोला । यो समयमा सवारीको आवतजावत र गति तिब्र हुनेगर्दछ ।

८. वर्त बस्दै हुनुहुन्छ भने केही खाना सवारी वा कुनै सुरक्षित स्थानमा राख्नुहोस् । यसो गर्दा इफ्तारको समय सुरु भइसके पनि कोठा वा खाना खाने स्थान सम्म पुग्न लागि कुर्नुपर्दैन ।

गर्न नहुने कुराहरु

१.  वर्त बसिरहेकाहरुको अगाडी खान, पिउन र धुम्रपान नगर्नुहोला । गर्नै परेपनि सोधेर वा लुकेर गर्नुहोला । कतारमा रमदानको वर्तको समयमा सार्वजनिक स्थानमा बसेर खान, पिउन गैरकानुनी मानिन्छ ।

२. सार्वजनिक स्थानमा वा वर्त बस्नेहरुको अगाडी मदिरा सेवन नगर्नुहोस । रमदानको समयमा मापसे गर्नु पूर्णरुपमा गैरकानुनी हो । त्यस्तै रमदानको महिनाभर बार, लाउन्ज, रात्री क्लब लगायत मदिरा वितरक केन्द्र समेत बन्द हुने गर्दछन् ।

३. वर्त बस्नेहरूले कम काम गर्नुहोस्। यो समयमा निजी संस्थाहरुले पनि साधारण कार्य समय ६ घण्टा बढी लगाउन पाउँदैनन् ।

४. वर्त सकाएपछि जिम वा कडा कसरत नगर्नुहोस् । सकेसम्म यो महिना शरीरलाई आराम दिनुहोस् ।

५.  सपिङ सेन्टर, मल लगायत अन्य भिडभाड हुने ठाउँ इफ्तारको समय पछि नजानुहोस् । यो बेला सवारी तथा मानिसको चाप धेरै हुनाले समस्यामा पर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button