आज अक्टोबर २५ तारिख। बुधबार। कात्तिक ८ गते।

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर २५ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल कात्तिक ८ गते। बुधबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पञ्चमी, ७:११ बजेउप्रान्त षष्ठी। नक्षत्र– मूल, १९:३० बजेउप्रान्त पूर्वाषाढा। योग– अतिगण्ड, १७:३७ बजेउप्रान्त सुकर्मा। करण– वालव, ७:११ बजेदेखि कौलव, २०:१५ बजेउप्रान्त तैतिल। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– धनु।
दोहामा सूर्योदयः०५:३७ बजे र दोहामा सूर्यास्तः १६:५८ बजे हुनेछ ।
राहुकालः ११:१७ देखि १२:४१ बजे सम्म । शुभ मुहूर्त : ०९:५४ देखि ११:१८
दोहा को मौसम
आजको उच्च तापक्रम ३५ डिग्री र न्युनतम तापक्रम २६ डिग्री सेल्सियस बिच रहने छ ।

विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ४९ पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ६५ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५८.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४८.०० कतारी रियाल रहेको थियो ।