बिज्ञापन

कप्तान हेदोसले गरे सन्यासको घोषणा

कतारी राष्ट्रिय फुटबल टिमका कप्तान हस्सन अल हेदोसले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

राष्ट्रिय टिममा १६ वर्ष बिताएका हेदोसले कतारका लागि १८३ खेलबाट ४१ गोल र तीन उपाधि जिताएका छन् । उपाधि मध्ये उनले सन् २०१४ को गल्फ कप,२०१९ र २०२३ को एसियन जिताएका हुन् ।

सन् २००८ देखि राष्ट्रिय टोलिमा प्रवेश गरेका हेदोसले त्यसै वर्ष कतार फुटबल एसोसिएसन बाट उत्कृष्ट खेलाडीको उपाधि समेत पाएका थिए । कतारमा हालसालै आयोजना भएको एसियन कपको समापन समारोहमा उनले अमिर शेख तमिम बिन हमाद अल थानी बाट अरबिक बिश्ट समेत पाएका थिए ।

आफ्नो इन्स्टाग्राम मार्फत राष्ट्रिय टिमलाई सदैव साथ र समर्थन गर्ने अमिरलाई आभारी प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
3
मनपर्‍यो
खुसी लाग्यो
2
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button