बिज्ञापन

विश्वकपको बेला स्थानीयलाई निजि सवारी प्रयोग गर्न आग्रह

फिफा विश्वकप २०२२ आयोजक समितिले स्थानीय र विदेशी दर्शकको लागि मुख्य यातायात बारे जानकारी जारी गरेको छ ।

आज आयोजना भएको पत्रकार सम्मेलन मार्फत जानकारी दिदै यातायात सञ्चालनका कार्यकारी निर्देशक अब्दुलअजीज अल मलावीले मेट्राे ,बस र ट्याक्सी पुर्ण तयारीका अवस्थामा रहेको बताएका छन्  । प्रतियोगिताको समयमा ११० मेट्राेले तीन मिनेटको फरकमा शनिबारदेखि बिहीबार सम्म बिहान ६ देखि बिहान ३ बजे सम्म संचालन हुनेछ । त्यस्तै मेट्राेले शुक्रबार बिहान ९ बजे देखि सेवा सुचारू गर्नेछ ।

दर्शकको यातायात सेवाका लागि ६ किसिमका २,३०० बस संचालन हुने कर्वाका प्रमुख अह्मद अल ओबैदीले जानकारी दिएका छन् ।

हय्या कार्ड भएका दर्शकले सार्वजनिक सवारी निशुल्क चढ्न पाउनेछन् । त्यसका अलवा कर्वा ट्याक्सी ,करिम,उबर लगायतका सवारीहरु पनि शशुल्क उपलब्ध हुनेछ ।

नोभेम्बर १ देखि कालो नम्बर प्लेट भएको सामान्य सवारीलाई मध्य दोहा भित्र प्रवेशमा रोक लगाइनेछ । त्यस्तै प्रतियोगिताभर कर्नेश पैदलयात्रीको लागि मात्र छुट्टाईएको छ ।

ए रिङ्ग रोड भित्र बस र ट्याक्सी लगायतका सार्वजनिक सवारीको लागि भिन्नै लेन छुट्टाईएको छ । अन्य सवारीले नियम उल्लंघन गरे कारबाही हुने समितिले बताएको छ ।

स्थानीय दर्शकलाई सार्वजनिक सवारी भन्दा पनि निजि सवारी प्रयोग गर्न समितिले आग्रह गरेको छ ।

कर्वा बस,मेट्राे , रंगशाला लगायत अन्य सम्पुर्ण जानकारी लिन हय्या एप प्रयोग गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
206
मनपर्‍यो
खुसी लाग्यो
40
खुसी लाग्यो
दुःख लाग्यो
16
दुःख लाग्यो
रुन मन लाग्यो
11
रुन मन लाग्यो
हाँसो लाग्यो
11
हाँसो लाग्यो
रीस उठ्यो
34
रीस उठ्यो
बिज्ञापन
Back to top button