आज ३८९ जनाको रिपोर्ट पोजेटिभ,थप २ को मृत्यु

स्वास्थ्य मन्त्रालयले सोमबार ३८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र ४०५ जनालाई निको भएको जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,०७,०३७ पुगेको छ ।
भाइरसको कारण आज २ जनाको मृत्यु पनि भएको छ । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ४,३३६ जनालाई परिक्षण गरिएको थियो ।
कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या १५९ रहेको छ र निको हुनेको संख्या १,०३,७८२ पुगेको छ । सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३० जना
अस्पतालमा उपचार भैरहेका जम्मा – ५३७ जना
आईसीयुमा भर्ना भएका – ९ जना
आईसीयुमा उपचार भैरहेका जम्मा – १२६ जना
आज सम्म जाँच भएको संख्या – ४,४६,०३६ जना
निको हुन बाँकीको संख्या : ३,०९६ जना
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।