बिज्ञापन

सकियो ‘दोहा एक्स्पो २०२३’

कतारले आयोजना गरेको अन्तर्राष्ट्रिय बागवानी एक्स्पो २०२३ को समापन भएको छ ।

मध्य पूर्व र उत्तर अफ्रिकामा पहिलो पटक आयोजना भएको बागवानी प्रदर्शनी अल बिद्दा पार्कमा गत वर्षको अक्टोबर २ देखि मार्च २८ सम्म सन्चालनमा थियो। एक्स्पो हेर्न ४० लाख भन्दा बढी पर्यटक दोहा आएका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै नगरपालिका मन्त्री अब्दुल्लाह बिन हमाद बिन अब्दुल्लाह अल अतियाहले एक्स्पो १७९ दिनमा ७७ देशको सहभागितामा संगै दोहामा करिब ४२ लाख २० हजार पर्यटक भित्रिएको बताए ।

समारोहमा विभिन्न देशका राजदूत,कूटनीतिज्ञहरू, अन्य विशिष्ट व्यक्ति तथा अतिथिहरूको उपस्थिति थियो।

एक्स्पोले दिगोपन, वातावरणीय चेतना, आधुनिक कृषि, प्रविधि, कृषि क्षेत्रमा नवप्रवर्तनलगायतका विषयमा १ हजार ७ सय २७ कार्यशालाहरू आयोजना गरेको छ,’ मन्त्रीले भने ।

उनले एक्स्पो २०२३ दोहाले मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रमा आयोजना हुने पहिलो ए१ प्रदर्शनी भएकाले अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीको इतिहासमा कोसेढुङ्गा भएको बताए ।

एक्स्पोमा नेपालको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
1
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button