इदको टुंगो लाग्ने चन्द्रमा आज हेरिने

यस वर्षको “इद अल फित्र”को लागि अर्ध चन्द्रमा आज हेरिने भएको छ।अकफ तथा इस्लामिक मामिला मन्त्रालय अन्तर्गतको अर्ध चन्द्रमा अवलोकन समितिले अप्रिल ८ को बेलुका कतारमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई चन्द्रमा हेर्न आवहान गरेको हो।
यता खगोलीय हिसाबको आधारमा भने इदको पहिलो दिन अप्रिल १० तारिक परेको छ।
अर्ध चन्द्रमा देख्ने जो कोहीले पनि दफ्ना स्थित आफ्नो कार्यालयमा आएर रिपोर्ट गर्न समितिले आग्रह गरेको छ।इदको टुंगो लगाउन समितिको बैठक आज मघ्रिब(सूर्यास्त) प्राथना पछि बस्दैछ।