बिज्ञापन

`सनैया´ खाडीका नेपालीहरूको कथा हो : पत्रकार होम कार्की

कान्तिपुरको कतार संस्करणका लागि केही वर्ष अघी दोहामा बसेका पत्रकार होम कार्कीको पुस्तक ‘सनैया’ सार्वजनिक भएको छ । एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाको रिपोर्टिङ गरेका उनले खाडी क्षेत्रमा कार्यरत ५४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ताको आधारमा पुस्तक लेखेका हुन् ।

‘जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । बन्द गरेका आँखावरिपरि उनीहरु झल्झली घुमिरहन्थें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक होम कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’

‘सनैया’लाई सुन्दर भविष्यको खोजीमा जवान वर्तमान साटिरहेका नेपालीहरुको कथा भन्न सकिने प्रकाशक किताब पब्लिसर्सकी कल्पना ढकालले बताइन् ।
पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्नभिन्न पात्र र भिन्नभिन्न कथाका माध्यमबाट चित्रण गरिएको छ ।

दोहामा रहँदा कतारको मरुभूमिमा पसिना बगाइरहेका नेपालीहरूसँग उनको उठबस धेरै भयो । `सनैया´ अधिकांश नेपालीहरूको आवास क्षेत्र भएको ठाउँको नाम हो । नेपाली श्रमिकहरूलाई सम्मान हुने किसिमले किताबको नाम `सनैया´ राखिएको लेखक कार्कीले बताए ।
सनैया पुस्तक वैदेशिक रोजगारीमा रहेका, वैदेशिक रोजगारीबाट फर्किएका, वैदेशिक रोजगारीमा जाने मनस्थिति भएका र वैदेशिक रोजगार सम्बन्धि चासो राख्ने सबैलाई उपयोगी हुने विश्वास लेखकले लिएका छन् ।

यो पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्न–भिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको छ भन्छिन् सनैया प्रकाशन गर्ने किताव पव्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकाल ।

‘सनैया’ सोमबारबाट नेपालका बजारमा उपलव्ध छन् । कतारका बजारमा आउन भने केही समय लाग्ने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!