बिज्ञापन

ईद अल फित्रको अवसरमा कहाँ कहाँ हुँदैछ आतिशबाजी ?

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद अल फित्रको पहिलो दिन बुधबार अप्रिल १० तारिख रहने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ । इदको पहिलो प्राथना बिहान ५:२५  मा गरिने छ ।

कतार श्रम मन्त्रालयले निजी क्षेत्रका लागि इद उल फित्रको तीन दिन बिदा दिएको छ ।  कुनै कम्पनीले थप १ दिन बिदा पनि दिन सक्नेछन् ।

तपाईंले यो बिदामा आतिशबाजी हेर्ने मन लागेको छ भने आतिशबाजी कार्यक्रमहरूको सूची यस् प्रकार छन् ।

दोहा शुक वाकिफमा ईद अल फित्र २०२४ आतिशबाजी

शुक वाकिफमा एक शानदार आतिशबाजी शो इद उल फित्रको पहिलो दिन बुधवार देखि ४ दिनसम्म चल्नेछ ।

  • मितिहरू: ईदको पहिलो ४ दिन ( (बुधवार देखी शनिवार सम्म) 
  • मूल्य: नि: शुल्क
  • समय: बेलुकी ८:३० बजे
  • स्थान: पूर्वी स्क्वायर, शुक वाकिफ दोहा 

अल वक्रा ओल्ड शुकमा ईद अल फित्र २०२४ आतिशबाजी

  • मितिहरू: ईदको पहिलो ४ दिन (बुधवार देखी शनिवार सम्म) 
  • मूल्य: नि: शुल्क
  • समय: बेलुकी ८:३० बजे
  • स्थान: समुद्रतट, अल वक्रा

कतारा सांस्कृतिक गाउँमा इद उल फित्र आतिशबाजी प्रदर्शन

  • मितिहरू: ईदको पहिलो ३ दिन (बुधवार देखी शुक्रबार सम्म) 
  • मूल्य: नि: शुल्क
  • समय: बेलुकी ९ बजे / ९:१० बजे
  • स्थान: कतारा कर्निश

इद अल फित्र २०२४ मुशरिब डाउन टाउन् , दोहा मा

मुशरिब डाउन टाउन्ले तपाईंलाई कार्निवल खेलहरू, संगीत प्रदर्शनहरू, रोमिङ कलाकारहरू, एक इमर्सिभ LED कोठा र थप गतिबिधीका साथ ईद अल फित्र मनाउन स्वागत गर्नेछ । 

  • मितिहरू: ईदको पहिलो दिन देखी १५ अप्रिल सम्म
  • मूल्य: नि: शुल्क
  • समय: दिउँसो ३:३० बजे देखि राती ९ बजे सम्म
  • स्थान: मुशरिब डाउनटाउन दोहा 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
35
मनपर्‍यो
खुसी लाग्यो
11
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button