लुसेल रंगशालामा १६ हजार बढी स्वयंसेवकको भेला

लुसेल रंगशालामा हिजो भएको अभिमुखिकरण तालिम समारोहमा १६ हजार बढी स्वयंसेवकहरूले सहभागिता जनाएका छन् ।
विश्वकप प्रतियोगिताको लागि कतारले ५ लाख आवेदन बाट २० हजार स्थानीय र ४ हजार विदेशी स्वयंसेवक छनौट गरेको छ । झन्डै ६ महिना यता देखि अन्तर्वार्ता मार्फत छनौट गरिएको स्वयंसेवकले प्रतियोगिताको समयमा विमानस्थल देखि होटेल ,रंगशाला ,फ्यान जोन लगायतका ४५ स्थानमा सहयोग गर्नेछन् ।

अनलाइन मार्फत हुँदै आएको परिक्षण अबको दिनमा स्थलगत हुने सुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसीले बताएको छ । यसरी सबै स्वयंसेवक एकसाथ भेला भएको हिजो पहिलो दिन थियो ।
नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुने विश्वकप प्रतियोगितामा स्वयंसेवकको भुमिका निर्वाह गर्न उल्लेखनीय नेपाली समुदायको पनि सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
28
मनपर्यो
184
खुसी लाग्यो
5
दुःख लाग्यो
16
रुन मन लाग्यो
19
हाँसो लाग्यो
4
रीस उठ्यो