बिज्ञापन

नयाँ नियम अनुसार काम परिवर्तन कसरी गर्ने ?

प्रशासनिक विकास, श्रम, तथा सामाजिक मामिला मन्त्रालय ले एनओसी पेपर बिना नै काम परिवर्तन गर्ने प्रक्रियाहरु निर्धारण गरेको छ ।

१. काम परिवर्तन गर्न चाहाने कामदारले आफ्नो रोजगारदातालाई श्रम मन्त्रालय वेबसाईटमा विद्युतीय प्रणाली  मार्फत सूचना दिनुपर्छ । दुई वर्ष भन्दा कम समय काम गरेको भए एक महिना अगावै र सो भन्दा माथी काम गरेको भए दुई महिना अगाडी सूचना पेश गर्नुपर्नेछ ।

सूचना दिन चाहिने कागजात

• काम परिवर्तन गर्न चाहिने फारम
• मन्त्रालय बाट प्रमाणित हालको रोजगारदाता संगको करार पत्र वा अफर लेटर
• अरेबिक भाषामा लेखिएको नयाँ कम्पनीको अफर लेटर

२. कामदार र नयाँ रोजगारदाताले मन्त्रालयबाट रोजगार परिवर्तन स्वीकृत भएको एसएमएस प्राप्त गर्नुपर्नेछ ।

३. नयाँ रोजगारदाताले मन्त्रालयको डिजिटल प्रमाणीकरण प्रणालीमा सम्झौता पत्र स्वीकृत गराउनु पर्नेछ ।

४. नयाँ रोजगारदाताले सम्झौता पत्र प्रिन्ट गरि कामदारसंग त्यस बारे छलफल गरेर मात्र हस्ताक्षर गर्न लगाउनुपर्नेछ ।

५. हस्ताक्षर गरेको सम्झौता पत्र मन्त्रालय बुझाएर प्रमाणीकरण गर्नुपर्नेछ । त्यसको लागि ६० रियाल शुल्क लाग्नेछ ।

६. सम्झौता पत्र प्रमाणिकरण भएपछि कामदारले नयाँ काम गर्न पाउनेछ । कतारी आईडी र हेल्थ कार्डको लागि नयाँ रोजगारदाताले आन्तरिक मन्त्रालयमा निवेदन पेश गर्नुपर्नेछ।

यदि कामदारलाई काममा राखेको ६ महिना भित्र रोजगारदाताले कामदारलाई निकाल्न परेको खण्डमा कम्तिमा दुई महिनाको न्यूनतम तलब सहित एकतर्फी टिकटको पैसा क्षतिपूर्ति दिनुपर्नेछ ।

दूतावासको जानकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
5
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button