बिज्ञापन

कतारमा हाउसफुल ‘डिग्री माइला’

कतारमा डिग्री माइलाको शो हाउसफुल भएको छ ।

हिजो बाट प्रदर्शनमा आएको फिल्मले दर्शको राम्रो साथ पाएपछि अहिले हलहरुमा शो पनि थपिदै गैरहेको छ ।

तीनवटा हलमा पाएको फिल्मको ६ शो मध्ये हिजो तीन शो हाउसफुल भएको थियो । आज एसियन टाउनमा तीन , अल खोर मलमा एक र सिटी सेन्टरमा पाँच शो मा फिल्म प्रदर्शन हुनेछ । दर्शकको यस्तै साथ पाए अझै शो थपिने आयोजक पक्षले क्युएन खबरलाई जानकारी दिएको छ ।

सिनेमामा दया-आँचलसँगै विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ आदिको प्रमुख भूमिका रहेको छ । सुस्मा फिल्मस्सँगको सहकार्यमा बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथामा आधारित छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
2
मनपर्‍यो
खुसी लाग्यो
11
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button