बिज्ञापन

अमिर मंगलबार नेपाल जाने

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल जाने तय भएको छ । अमिरले अप्रिल २३ र २४ गरी दुई दिने भ्रमणमा नेपाल जान लागेको बताइएको छ ।

भोलि देखि सुरु हुने आफ्नो एसियन राष्ट्र भ्रमणको क्रममा अमिर नेपाल आउन अघि फिलिपिन्स र बाङ्लादेशको जानुहुनेछ ।

त्यस्तै दुई देश बिच विकास साझेदारीलगायत एजेन्डामा छलफल भइरहेको छ, नेपालस्थित कतार दूतावासका प्रतिनिधि र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एजेन्डा लगायतका विषयमा छलफल गर्न कतारको एक टोलि गत हप्ता नेपाल आएको थियो ।

यता भ्रमणका लागि सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको नेपालको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । भारत र चीनले कूटनीतिक कर्मचारीलाई दिने तालिम जस्तै कतार र नेपाल बिच पनि सम्झौता हुने बताइएको छ । कतारको प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ ।

नेपालमा हुने सम्झौतालाई आउने सहयोग कतारको ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी)मार्फत् आउने बताइएको छ । नेपालमा यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन ।

यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुने बताइएको छ । सम्झौता भयो भने कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ, कतिपय टुंगिसकेका छन् भने कतिपयमा अझै छलफल चलिरहेको छ ।

श्रम तथा वैदेशिक रोजगार मन्त्रालयका अनुसार केही श्रम सम्झौता पनि हुन लागेको हो भने त्यसको मस्यौदामाथि दुई पक्ष बिच छलफल चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
13
मनपर्‍यो
खुसी लाग्यो
41
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button