बिज्ञापन

आज दिउँसै अँध्यारो हुने गरी अमेरिकामा सूर्यग्रहण लाग्दा, नेपालमा असर नपर्ने

अमेरिका, चैत २६-

आज उत्तर अमेरिकाको म्याक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म खग्रास सूर्यग्रहण लाग्दैछ । दिउँसै अँध्यारो हुने गरी खग्रास सूर्यग्रहण लाग्ने भएकाले त्यस क्षेत्रका मानिसले आफ्नो जीवनकै दुर्लभ दृश्य देख्न पाउने छन् । नेपाल र एशियाका अरु देशबाट भने यसपालि खग्रास सूर्यग्रहण देखिने छैन ।

सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ । खग्रास ग्रहणका समयमा केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ । आज खग्रास सूर्यग्रहण प्रशान्त महासागरमा शुरु हुने बीबीसीले जनाएको छ ।

पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा सूर्य र पृथ्वीको बीचमा पुगेको अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ र त्यसको छायाँ पृथ्वीमा पर्छ । चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी तीनवटै सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ ।

नासाका अनुसार ‘खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव’ हुन्छ । किनभने सूर्य चन्द्रमाभन्दा ४ सय गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४ सय गुणा टाढा छ । एजेन्सी/तस्बिरः बीबीसी

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button